+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

राष्ट्रिय व्यवसायिक पहलले श्रमिक कामदारहरुको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपायहरु सम्बन्धमा कोभिड १९ का लागि आधारभूत व्यवसायिक पूर्वतयारी एवं सञ्चालन नामक पुस्तक प्रकाशित गरेको छ । आज एक कार्यक्रमका बीच मन्त्रीदव्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवले संयुक्त रुपमा विमोचन गर्नु भयो ।

प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मा. लेखराज भट्टले यो पुस्तकले आर्थिक गतिविधि सुचारु गर्न श्रमिक कामदारलाई सुरक्षित माध्यमबाट काममा फर्किनेवातावरण तयार गर्न सहयोग पुग्ने बताउँदै यसबाट अर्थतन्त्र क्रमश स्थायित्व तर्फ अघि बढ्ने विश्वास व्यक्त गदैआवश्यक सहकार्यका लागि मन्त्रालय सदैव तयार रहेका ेबताउनु भएको छ । मन्त्रीले यस चुनौतीलाई अवसरको रुपमा पनि प्रयोग गर्न सक्नुपर्छ भन्ने कुरा राख्नु भयो । विदेशबाट फर्किएर आएकाहरूलाई पनि कृषि पेशामा आर्कषण गर्न सकिन्छ भन्ने कुरा बताउनुभयो । यस अवस्थामा सुरक्षा नै ठूलो चुनौती भएको हुनाले त्यसलाई अत्यन्त ध्यान दिँदै अन्तर् मन्त्रालयहरूको समन्वय गरी कसरी सुरक्षा अपनाउन सकिन्छ र उद्योग व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारको ध्यान आकर्षण भएकोबताउँदै यो अवस्थामा उद्योगहरू सञ्चालन गर्दा मजदुरहरूलाई केही भवितव्य परेमा नेपाल सरकारले त्यसको जिम्मा लिनेबताउनुभयो। साथैयो चुनौती पूर्ण अवस्थामा पनि सो पुस्तक प्रकाशन गरेकोमा राष्ट्रिय व्यवसायिक पहललाई नेपाल सरकारको तर्फबाट विशेष धन्यवाद दिनुभयो । सो पुस्तक नेपाल उद्योग वाणिज्य महासंघ तथा सम्बन्धित अन्य व्यवसाय संघहरू मर्फत उद्योगी व्यवसायहरूलाई वितरण गरीने र संस्थाको वेबसाईट (www.nbinepal.org.np)  मर्फत पनि उपलब्ध गराउने कुरा बताउनुभयो ।

यसैगरी अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा. रामेश्वर यादवलेश्रमिक कामदारलाई जोखिम न्युनीकरण गरी उद्योग व्यवसाय सञ्चालनमा ल्याउन सके यसले उत्पादन तथा रोजगारी सूचारु भई आम जनजीवन सामान्य अवस्थामा तर्फ अघि बढ्ने भएकोले यसको कार्यान्वयन पक्षमा जोड दिन आग्रह गर्नुभयो । यस कठिन परिस्तिथिमा उद्योग सञ्चालन गर्न यो पुस्तकले ठूलो योगदान पु¥याउन सक्छ भन्ने कुरा बताउनुभयो। साथै मन्त्री यादवले बन्दाबन्दीले दैनिक ज्याला दारी मजदुर गरी खाने श्रमीकहरूलाई अत्यन्त ठूला असर परेको बताउनुभयो ।

पुस्तक वारेसंक्षिप्त जानकारी गाउनुहँुदै पहलका अध्यक्ष कुश कुमार जोशीले पुस्तकले सुझाएका विषयवस्तुलाई सरोकारवाला पक्षले ईमान्दारिताका साथ अवलम्वन गर्न सके राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताउँदैसरकारको सहयोगको अपेक्षा गनुभयो । साथैवहाँंलेविश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको कारण मुलुकको सम्पूर्ण क्षेत्र अस्तव्यस्त भईरहेको र अझ निजी क्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध हुँदा आर्थिक सामाजिक विकासकोगति ठप्प प्रायः भएकोसन्र्दभमा सुरक्षित वातावरणमा उद्योग सञ्चालनको लागि विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन लगाएत अन्य निकायहरूको मापदन्दमा नियम पालना गरी काम कसरी चलाउने मजदुरहरूको स्वास्थमा कसरी ध्यान दिने भन्ने कुरा यस पुस्तकमा समावेश गरीएको कुरा बताउनुभयो । त्यसैगरी यस पुस्तकलाई आगामी दिनमा उद्योग व्यवसायहरू चलाउन के कस्ता चुनौतीहरू आइपर्नेछन् सो कुराहरूलाई समावेश गरी नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन तथा अन्य सरोकार निकायहरू सँग समन्वय गरी आगामी दिनहरूमा पनि परिमार्जन गरी पुस्तक प्रकाशन गरिनेछ ।

यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनका नेपालका निर्देशक रिचार्ड होवाडले पहल संगको सहकार्यमा अत्यन्त उपयोगी पुस्तक तयार भएकोमा खुशी व्यक्त गर्दै विश्वव्यापी संकटको अवस्थामा उत्पादन तथा रोजगारी अभिवृद्धिमा सहयोगी हुने वताउँदै यसबाट सकारात्मक परिवर्तनको अपेक्षा गरेको वताउनुभयो।

धन्यवाद ज्ञापन गर्दे निवर्तमान अध्यक्ष एवं वरिष्ठ उद्यमी पद्म ज्योतीलेमुलुकको संकटपूर्ण अवस्थमा समाजका सबै पक्षले आ आफ्नो जिम्मेवारी वहन गनुपर्ने बताउँदै यस उपयोगी पुस्तकले औद्योगिक व्यवसायिक वातावरण पुर्ननिर्माणमा महत्वपूर्ण योगदान पुग्ने श्रमिक वर्ग, रोजगादरता तथा सम्बन्धित सबै पक्ष लाभान्वित हुन सक्न विश्वास लिँदै यस्तो विषम परिस्थतिमा पनि यो पुस्तक प्रकाशन गर्नपाउँदा सारै आभार छु र NBI ले सामाजिक उत्तरदायित्व बहन गरी पुस्तक प्रकाशन गरेको मा अन्तर्राष्ट्रिय श्रम संगठन, पहलका कार्यसमिति, नेपाल सरकारलाई विशेष धन्यवाद दिनुभयो ।

कार्यक्रममा पहलकासभा संस्थापक सदस्य एवं सभासदद्धय मा. एल पि. सांवा लिम्वु तथा मा. उमेश श्रेष्ठ, उपाध्यक्ष सुकुन्तलाल हिराचन, महासचिव सुरेन्द्रवीर मालाकार, कोषाध्यक्ष दीपक मल्होत्रा, लगायतकोउपस्थिति रहेको थियो ।