+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

      राष्ट्रिय व्यवसायिक पहलले मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा विनरक ईन्टरनेशनले कार्यान्वयन गर्दै आएको हाम्रो सम्मान परियोजना अन्तर्गत मकवानपुर जिल्लाको हेटौडामा असार २१ गते सरकोरवालाहरुबिचको सहकार्यका लागि समन्वय बैठक आयोजना गर्‌यो। निजी स्तरका सेवा प्रदायक संघ संस्थालाई मानव वेचविखन तथा श्रम शोषणका बारे जागरुक बनाई यसको न्युनीकरण गर्न गत वर्ष विभिन्न अभिमुखिकरण कार्यक्रमहरू मकवानपुर लगायतका जिल्लामा आयोजना गरिएको थियो। सोही कार्यक्रममा लक्षितवर्गलाई यी संस्थाहरु मार्फत आवश्यक सेवा प्रदान गर्ने प्रतिबद्धता संकलन गरिएको थियो। यसरी संकलन गरिएको प्रतिबद्धताहरूलाई एकत्रित गरि पहलले सेवा प्रदायक विवरण निर्देशिका तयार पारेको छ ।

      सेवा प्रदायक विवरण निर्देशिकालाई लक्षितवर्ग समक्ष कसरी पुर्‌याउन सकिन्छ र अन्य मानव बेचविखन विरूद्धको अभियानका कार्यहरूमा निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी बनाउन विभिन्न सरोकारवालाहरूसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा बैठक छलफल केन्द्रित रह्यो।

      कार्यक्रममा सरकारी निकाय, नागरिक समाज तथा निजी क्षेत्र गरी ५० भन्दा बढी सहभागिहरुको उपस्थिति थियो। कार्यक्रममा यस निर्देशिकालाई आ-आफ्नो संस्था र क्षेत्रबाट लक्षित वर्गसम्म प्रवाह गर्नका लागि सहभागीहरुले खेल्न सक्ने भूमिकामा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो भने केही निजी क्षेत्रका सहभागीहरुले सो निर्देशिकामा आबद्ध भइ लक्षित वर्गलाई सेवा सुविधा प्रवाह गर्न प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

      कार्यक्रमको अध्यक्षता मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा बागमति प्रदेश, सामाजिक विकास मन्त्रालयबाट माननीय मन्त्रि कुमारी मोक्तानको प्रमुख आतिथ्यता रह्यो। कार्यक्रमको समापनमा बोल्दै पहलका अध्यक्ष कुशकुमार जोशीले निजी क्षेत्रको यस अभियानमा साथ र सहयोगका लागि सम्पूर्ण सरोकारवालाहरुसँग आह्वान गर्नुभयो।

      National Business Initiative We would like to show you notifications for the latest news and updates.
      Dismiss
      Allow Notifications