+977-1-5901846 / +977-9841476826 info@nbinepal.org.np

      सेवा प्रदायक निर्देशिका प्रयोग गर्न माथिको बटन क्लिक गर्नुहोस् वा तल दिइएको QR Code स्क्यान गर्नुहोस्।

      “मानव बेचबिखनविरुद्ध निजी क्षेत्रको अभियान”

      राष्ट्रिय व्यवसायिक पहल (National Business Initiative) नेपालका निजी क्षेत्रको अग्रणी संस्थाहरुको सहभागितामा वि. सं. २०६२ मा स्थापना भएको संस्था हो। यसको उद्देश्य नेपालमा समावेशी सामाजिक–आर्थिक विकासको माध्यमबाट दिगो शान्ति स्थापना गर्नु हो । यो संस्था असल व्यावसायिक अभ्यास, सामाजिक उत्तरदायित्व, उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक विकासको क्षेत्रमा क्रियाशील छ ।

      यस संस्थाले स्थापना कालदेखि नै निजी क्षेत्रको उत्थान र दिगो शान्ति स्थापना गर्नाका लागि पहल गर्दैआएको छ र राष्ट्रिय विपद्का बेला निजी क्षेत्र, नागरिक समाज तथा सरोकारवालाहरुसँग हातेमालो गरी विपद् व्यवस्थापनमा सक्रिय रहँदै आएको छ ।

      अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र संयुक्त अधिराज्यको यूके एडको सहयोगमा विनरक इण्टरनेशनलले कार्यान्वयन गर्दै आइरहेको हाम्रो सम्मान जिम्मेवार उद्योगी, सरकारी तथा गैह्रसरकारी संस्था तथा नागरिक समाज र व्यवसायीहरुको सञ्जाल निर्माण गरी मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले सुरु गरिएको परियोजना हो ।

      यस परियोजनाअन्तर्गत राष्ट्रिय व्यावसायिक पहलले निजी क्षेत्रलाई मानव बेचबिखनविरुद्धका कार्यमा सक्रिय बनाउँदै आएको छ । यसै क्रममा निजी क्षेत्रले मानव बेचबिखन रोकथाम गर्ने तथा शोषणमा परेकालाई सेवा र सहयोग उपलब्ध गराउन प्रतिबद्ध गराउने जिम्मेवारी लिएको छ । प्रतिबद्धता जनाउने संस्थाहरुको सेवा तथा सुविधाको विवरण एकीकृत गरी राष्ट्रिय व्यवसायिक पहलको वेबसाइटमार्फत निर्देशिकाका रुपमा सार्वजनिक गरिएको छ ।

      यदि तपाईं पनि आफ्नो व्यवसाय वा संस्थामार्फत मानव बेचबिखन पिडीत र जोखिम समूहलाई आवश्यक सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहनुहुन्छ भने तल दिइएको लिङ्कबाट प्रतिबद्धता पत्र डाउनलोड गरी जानकारी भर्नुहोस् र हस्ताक्षर गरेको स्क्यान प्रति info@nbinepal.org.np मा पठाउनुहोस्। हामी यहाँको व्यवसाय वा संस्थाको जानकारी निर्देशिकामा अद्यावधिक गर्नेछौं।

      सेवा प्रवाह गरिएको सम्बन्धी जानकारी फारम

      यदि यहाँले आफ्नो संस्थाबाट निर्देशिका मार्फत सेवा प्रवाह गर्नुभइसकेको छ भने सो को जानकारी तल दिइएको फारममार्फत राष्ट्रिय व्यवसायिक पहललाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं।

      सेवा प्रवाह बन्द गर्नका लागि अनुरोध फारम

      यदि तपाईं आफ्नो संस्थाको प्रतिबद्धतालाई सुचारू गर्न चाहनुहुन्न भन्ने तलको फारम भरी हामीलाई जानकारी गराउनुहोस् ।

      National Business Initiative We would like to show you notifications for the latest news and updates.
      Dismiss
      Allow Notifications